चीनका राष्ट्रपति सी शनिबार काठमाडौं आउने

20

(काठमाडौं) – नेपालको दुई दिने राजकीय भ्रमणका लागि चीनका राष्ट्रपति सी चिन फिङ शनिबार काठमाडौं आउने भएका छन् ।

दुई दिने राजकीय भ्रमणका लागि चिनियाँ राष्ट्रपति सी आगामी शनिबार २५ गते अपरान्ह काठमाडौं उत्रने छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै लागि चिनियाँ राष्ट्रपति सीको भ्रमण तालिका सार्वजनिक गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा नेपाल आउन लागेका चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमण क्रममा केरुङ–काठमाडौं रेल्वे सहित बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) का केही नेपाल प्रस्तावित परियोजनामा सम्झौता हुने सम्भावना देखिएको छ ।

राष्ट्रपतिसँगको विशिष्ठ प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आइतबार बैठक गर्ने भएको छ । बैठकपछि सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ ।

चिनियाँ राष्ट्रपतिको सम्मानमा नेपाली समकक्षी भण्डारीले शनिबार विशिष्ठ रात्रीभोजको आयोजना गर्दैछिन् ।

सी आइतबार अपरान्ह बेइजिङ फिर्नेछन् । उनी ११ अक्टोबर भारत गएर १२ अक्टोबरमा नेपाल आउन लागेका हन् ।

समाचार वर्गहरू