चीनबाट कोरोना भाइरस प्रभावित क्षेत्रका नेपाली ल्याउन वाइडबडी पठाइने

25

मध्यविन्दु/काठमाडौँ– चीनबाट कोरोना भाइरस प्रभावित क्षेत्रका नेपाली ल्याउन सरकारले वाइडबडी विमान पठाउने भएको छ । कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको हो ।

सो जहाज आगामी फागुन ३ गते चीन जाने भएको छ । वुहानमा अधिकांश अध्ययनका लागि गएका नेपालीहरु छन् भने उनीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।

कोरोना भाइरसको उदगम थलो चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने जनाइएको छ । उनीहरुका अभिभावकहरुले आफ्ना छोराछोरीको छिटो उद्धार गरिदिन माग गर्दै गृह मन्त्रालय, पर्यटन मन्त्रालय, स्वास्थ्य मन्त्रालय, मानव अधिकार आयोग लगायतको ध्यानाकर्षणसमेत गराएका थिए ।

समाचार वर्गहरू