चीनबाट फर्किने नेपालीलाई तत्काल उद्धार गर्न मानव अधिकार आयोगको निर्देशन

27

मध्यविन्दु/काठमाडौँ– चीनबाट स्वदेश फर्किन चाहने नेपालीलाई तत्काल उद्धार गर्न राष्ट्रिय मानव अधिकार आयोगले निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले आफ्ना नागरिकलाई शीघ्र र सुरक्षित रुपमा स्वदेश फर्कने वातावरण मिलाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको हो ।
बैठकपछि आयोगका सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘चीनको उक्त प्रान्तमा रहेका नेपाली नागरिकहरूको जीवन जोखिममा पर्नसक्ने तर्फ संवेदनशील भई उनीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्कने वातावरण मिलाउन नेपाल सरकारलाई आयोग आग्रह गर्दछ ।’ आयोगले चीनको हुवेई प्रान्तमा रहेका नेपालीको स्वास्थ्य अवस्थाको जानकारी लिन पनि सरकारलाई आग्रह गरेको छ ।

चीनको हुवेई प्रान्तमा रहेका १८० नेपालीले स्वदेश फर्काउन चीनस्थित नेपाली दूतावासमा अपिल गरेका छन् । उनीहरुका अभिभावकले नेपालमा स्वास्थ्य, गृह र परराष्ट्र मन्त्रालयमा गई आफ्ना छोराछोरीलाई स्वदेश फर्काउन आग्रह गरिरहेका छन् ।

समाचार वर्गहरू