काठमाडौं – नेपाल सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोप आज काठमाडौं आइपुग्ने भएको छ । उक्त खोप लिएर नेपाल वायु सेवा निगमको विमान बिहिबार बेलुका काठमाडौं आइपुग्ने भएको हो ।
निगमका महाप्रबन्धक डिमप्रसाद पौडेलका अनुसार बुधबार राति गएको जहाज बिहिबार आइपुग्ने तालिका रहेको छ । सो जहाज आजै फेरि अर्को ट्रिप खोप लिन बेइजिङ जाने छ ।
यसअघि असार २५ गते सरकारले पहिलो पटक आठ लाख नौ हजार ६०० डोज खोप ल्याएको थियो । निगमले खोप ल्याउनका लागि बुधबार, बिहीबार र शनिबारका लागि नयाँ तालिका तय गरेको छ ।