च्याम्पियन्स लिगको उपाधि पीएसजीले पोल्टामा

50

काठमाडौं : पेरिस सेन्ट जर्मन (पीएसजी) ले पेनाल्टी सुटआउटमा आर्सनललाई पराजित गर्दै लगातार दोस्रो पटक युइएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ। पीएसजीले आर्सनललाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै च्याम्पियन्स लिगको उपाधि आफ्नो पोल्टामा पारेको हो।

बुडापेस्टमा भएको फाइनलमा निर्धारित ९० मिनेटको समयमा १-१ बराबरीको स्थिति भएपछि खेल अतिरिक्त समयमा लम्बियो। अतिरिक्त समयमा पनि निर्णय निस्किन नसक्दा खेल  पेनाल्टी सुटआउटमा पुगेको थियो।

खेलको छैंटौं मिनेटमा काइ हाभर्टसको गोलमार्फत आर्सनलले अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता बनाएको आर्सनलले उक्त अग्रता जोगाउन सकेन। खेलको ६५ औं मिनेटमा उस्मानदेम्बेले पेनाल्टी मार्फत गोल गर्दै पीएसजीलाई खेलमा फर्काएका थिए। पीएसजीले पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्किएको हो।

पेनाल्टी सुटआउटमा आर्सनलको दुई प्रहार असफल रहँदा पिएसजीले पेनाल्टीमा आफ्नो उत्कृष्टता देखाउँदै उपाधि उचालेको हो।

समाचार वर्गहरू