छिटो पासपोर्ट बनाइदिने भन्दै रकम असुल्ने तिन बिचौलिया पक्राउ

86

काठमाडौं – राहदानी विभाग त्रिपुरेश्वर परिसरमा सेवाग्राहीलाई छिटोछरितो राहदानी बनाइदिने प्रलोभन देखाई रकम असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरूमा मनराज श्रेष्ठ, हेमन्त सिंह ओखेडा र दिपेश के.एम. रहेका छन् ।

विभागको मूल गेट बाहिर सेवाग्राहीलाई रोकी छिटो काम गरिदिने भन्दै अतिरिक्त रकम माग्ने र हैरानी दिने गरेको विशेष सूचनाको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत्त कालिमाटी पठाइएको प्रहरीले जनाएको छ ।

यसअघि १ मंसिरमा पनि सोही स्थानबाट प्रहरीले ८ जना बिचौलियालाई पक्राउ गरेको थियो ।

 

समाचार वर्गहरू