काठमाडौं – जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टा नबित्दै अंग्रेजी विषयकाे प्रश्नपत्र आउट भएको छ । प्रश्नपत्र सामाजिक सन्जाल फेसबुकमार्फत् सार्वजनिक भएको छ ।
जनकपुरको एक परीक्षा केन्द्रबाट उक्त प्रश्नपत्र आउट भएको भनिए पनि कुन केन्द्रबाट आउट भएको हो भन्नेबारे अहिलेसम्म खुलिसकेको छैन ।
धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले भने उक्त प्रश्नपत्र आउट भएकोबारे आफूलाई केही पनि जानकारी नरहेको बताए । आफूसहित परीक्षा अनुगमन समितिका पदाधिकारीहरु थुप्रै केन्द्रहरुमा पुग्दा मर्यादित रुपमा परीक्षा भइरहेको पाएको उनले बताए ।
आज बिहान ८ बजेदेखि अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ । परीक्षा शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।