जनताको बहुदलीय जनवाद यथार्थको धरातलमा टेकेर उभिएको विचार हो – ओली

61

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारीलाई सम्झँदा केवल एउटा नेता वा मित्र गुमाएको पीडा मात्र नभएर एउटा युगद्रष्टा सहयोद्धा गुमाएको अनुभूति हुने बताएका छन् ।

मदन–आश्रितको ३३ औँ स्मृति दिवस अवसरमा एक सन्देश जारी गर्दै उनले जनताको बहुदलीय जनवादले विचारलाई युग अनुरूपको मौलिक परिष्कार दिएको आन्दोलनलाई बलियो आवाज दिएको र परिवर्तनको सपनालाई जनताको जीवनमा पुर्‍याउने मार्गचित्र दिएको उल्लेख गरेका छन् ।

उनी भन्छन्– ‘मदन भण्डारी–जीवराज आश्रित, अनि यस आन्दोलनले जन्माएका कयौँ अग्रज र योद्धाहरू आज हामीमाझ शारीरिक रूपमा हुनुहुन्न। तर विचार र योगदान हाम्रो राजनीतिक यात्रामा दीप स्तम्भझैँ छन्। जनताको बहुदलीय जनवाद एक सिजनको लोकप्रियता आर्जन गर्ने औजार होइन, यथार्थको धरातलमा टेकेर उभिएको विचार हो। ‘

समाचार वर्गहरू