जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने

9

काठमाडौं – सिन्धुलीको मरिण गाउँपालिकाले पालिकाअन्तर्गत रहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई अनिवार्य रुपमा सामुदायिक विद्यालयमा पढाउन निर्देशन गरेको छ। 

सोमबार एक सूचना जारी गर्दै गाउँपालिकाले पालिका अन्तर्गत रहेका जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई आगामी शैक्षिक सत्र २०८१ बाट अनिवार्य रुपमा सामुदायिक विद्यालयमा भर्ना गरी पठनपाठन गराउन निर्देशन गरेको हो।

गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक नीति र हिउँदे गाउँ सभाको निर्णय अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक तथा सरकारी कोषबाट सेवा सुविधा उपभोग गर्ने गाउँपालिका सरहद भित्र बस्ने घरपरिवारले आगामी शैक्षिक सत्रबाट अनिवार्य रुपमा बालबालिकाहरूलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुपर्ने गाउँपालिका अध्यक्ष विमर्श मुक्तानले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू