जबरजस्ती करणी अभियोगमा बर्दियाबाट एक पक्राउ

22

बर्दिया – किशोरीमाथि बलात्कार गरेको अभियोगमा बर्दियाबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजापुर नगरपालिका–४ छेडिया बस्ने २५ वर्षीय राम कुमार चौधरी रहेका छन् ।

१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

राम कुमारले ती किशोरीलाई गत आइतबार राति उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबरपछि ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

समाचार वर्गहरू