जसपा उपेन्द्र बाबुराम पक्षको कार्यकारिणी समिति बैठक बस्दै, महन्थ पक्ष बेखबर

9

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै छ । शनिवार दिउँसो १ बजे राजधानीमा उपलब्ध कार्यकारिणी समिति सदस्यको बैठक बोलाइएको कार्यकारिणी समिति सदस्य रामसहाय यादवले जानकारी दिए ।

अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षका सदस्यलाई बैठकबारे जानकारी दिइएको छैन । ठाकुर पक्षीय कार्यकारिणी समिति सदस्य केशव झाले कार्यकारिणी बैठकको कुनै सूचना नआएको जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने विषय र नयाँ सरकार गठनका विषयमा विभाजित बनेको जसपामा अध्यक्ष ठाकुर र यादव पक्ष छुट्टाछुट्टै अभ्यास गरिरहेका छन् ।

शुक्रबार मात्रै जसपाका नेता राजेन्द्र महतोलाई महन्थ ठाकुर पक्षका सांसदहरुले उपेन्द्र – बाबुरामका पक्षधरलाई खबरै नगरी संसदियदलको नेता छानिसकेका छन् ।

यसअघि लुम्बिनी प्रदेश सरकारमा सहभागी भएका ४ जना प्रदेश सांसदलाई अध्यक्ष यादव पक्षले एकलौटी कारवाही गरेको आरोप लागेको थियो ।

समाचार वर्गहरू