जिपको ठक्करबाट तनहुँमा एक महिलाको मृत्यु

13

(दमौली) – तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भानु नगरपालिका–१ बस्ने ५५ वर्षीया ज्ञानुमाया बानियाँ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

आँबुखैरेनीबाट डुम्रेतर्फ आउँदै गरेको बा १४च ९८०६ नम्बरको जिपले विपरीत दिशाबाट जाँदै गरेको बा ६६प ९३८४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार बानियाँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटर चालक २४ वर्षीय अमृत बानियाँ घाइते भएका छन् । मृत्यु हुने महिला आमा र घाइते युवा छोरा हुन् । स्कुटरलाई ठक्कर दिने गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

समाचार वर्गहरू