जेन–जी आन्दोलन र त्यसपछिको प्रदर्शनमा ५१ जनाले गुमाए ज्यान

76

काठमाडौं – भदौ २३ मा काठमाडौं र विभिन्न सहरमा भएको जेन–जी आन्दोलनका क्रममा शुक्रबार साँझसम्म ५१ जनाले ज्यान गुमाएका छन् ।

प्रहरी प्रवक्ता विनोद घिमिरेले देशभर ३८ सर्वसाधारण, ३ प्रहरी, १ भारतीय नागरिक, ५ जना सुधारगृहमा राखिएका बालबालिका र ४ जना कैदीबन्दी गरी ५१ जनाको मृत्यु भएको पुष्टि गरे ।

जसमा २३ भदौको जेन–जी आन्दोलनमा २१ र भोलिपल्ट २४ को प्रदर्शनमा १८ जनाको मृत्यु भएको हो । प्रहरी, सुधारगृहका बालबालिका र कारागारका कैदीबन्दीको पनि २४ कै प्रदर्शनमा बाहिर निस्कन खोज्ने क्रममा मृत्यु भएको हो ।

मृतकमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा रहेको छ । काठमाडौंका विभिन्न अस्पतालमा भएका सबै मृतकको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पुर्‍यायाइएको प्रहरीले जनाएको छ ।

२३ भदौमा बानेश्वर संसद् भवनअघि प्रहरीले गोली चलाउँदा मारिनेहरू अधिकांशको टाउको र छातीमा गोली लागेको भेटिएको पोस्टमार्टममा संलग्न चिकित्सकहरूले बताए ।

काठमाडौंलगायत देशका विभिन्न कारागारबाट कैदीबन्दी भाग्ने क्रममा बाल सुधारगृह बाँकेमा ५ जना बालबालिका, धादिङ र रामेछाप कारागारका २÷२ जना कैदीबन्दीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू