टीकाको साइत बिहान१० : ३५ बजे

20

काठमाडौं –  यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरिएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको विजयादशमीको शुभसाइत सार्वजनिक गरेको हो ।

समितिका अध्यक्ष रामचन्द्र गौतमले साइत नै खोजेर दसैंको टीका लगाउनेका लागि विजयादशमीको दिन बिहान १० : ३५ बजेको समय उत्तम रहेको जानकारी दिए । दसैंको मुख्य दिन असोज २१ गते मंगलबार विजयादशमी पर्व परेको छ ।

 

समाचार वर्गहरू