टी-२० श्रृंखलाको पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई चार विकेटले हरायो

6

काठमाडौं – नेपालले वेस्टइन्डिज ‘ए’लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको पहिलो खेलमा नेपालले वेस्टइन्डिज ‘ए’ लाई चार विकेटले हराएको हो।

जितका लागि दुई सय पाँच रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि कप्तान रोहितकुमार पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे। यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्शनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइन्डिज ‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउँदै दुई सय चार रन बनाएको थियो।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिंह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए। नेपालले वेस्टइन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू