ट्रम्पविरुद्धको महाअभियोग प्रस्ताव सिनेटमा पठाइँदै

28

रासस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाअभियोग लगाउने प्रस्ताव अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रेजेन्टेटिभ्सले सिनेटमा पठाएको छ । हाउस अफ रिप्रेजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव माथिल्लो सदनमा पठाउने प्रस्ताव मंगलबार पारित गरेको जनाइएको छ ।

यसअघि हाउस अफ रिप्रेजेन्टेटिभ्समा उनीमाथि महाअभियोग लगाउनेसम्बन्धी प्रस्तावमा मतदान हुँदा २२८ जनाले माथिल्लो सदनमा पठाउने पक्षमा मतदान गरेका थिए भने १९३ जनाले विपक्षमा मतदान गरेका थिए । सिनेटमा पठाइएको प्रस्तावको बाँकी प्रक्रिया अर्को हप्ताबाट अघि बढ्ने बताइएको छ ।

विपक्षीहरुले ट्रम्पलाई शक्तिको दुरुपयोग गरेको, संसदको काम कारबाहीमा अवरोध पु¥याएकोलगायतका आरोपहरुसहित महाअभियोग लगाउन प्रस्ताव गरेका हुन् । राष्ट्रपति ट्रम्प र उनका समर्थकहरुले भने ती आरोपहरू अस्विकार गर्दै ती प्रस्तावहरुका विरुद्धमा खण्डन गर्दै आएका छन् । उनीहरुले ट्रम्प विरुद्धको महाअभियोगको प्रस्तावलाई पक्षपातपूर्ण र आक्रोशबाट चालिएको कदमको संज्ञा दिएका छन् ।

हाउस अफ रिप्रिजेन्टेटिभ्सले गत महिना राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । माथिल्लो सदनले पनि सो प्रस्ताव पारित गरेमा राष्ट्रपति ट्रम्पको बहिर्गमन हुनेछ । तर, हाउस अफ रिप्रेजेन्टेटिभ्समा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनका सांसदहरु थेरै रहेपनि सिनेटमा भने रिपब्लिकनका सांसदहरु धेरै छन् ।

महाभियोग लागेर पदच्यूत भएपनि आगामी निर्वाचनमा उम्मेदवार हुन भने रोक्न नमिल्ने अमेरिकी व्यवस्था छ । माथिल्लो सदन सिनेटले उनलाई भविष्यमा निर्वाचित पद लिन नपाउने भनेर अर्को प्रस्ताव पारित गरेमा मात्रै उनी राष्ट्रपतिको उम्मेदबार हुनबाट बञ्चित हुनेछन् ।

समाचार वर्गहरू