ट्रेड युनियन महिला समितिले महिला श्रमिकलाई खोपमा प्राथमिकता दिन माग

7

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिले सरकार समक्ष महिला श्रमिकलाई कोभिड विरुद्धको खोपमा पहिलो प्राथमिकता दिन जोडदार माग गरेका छन् ।

सोमबार ट्रेड युनियन कांग्रेसका महिला पदाधिकारीहरु सहित बसेको समितिको बैठकमा विभिन्न क्षेत्रका महिला श्रमिक नेतृहरुले महामारी र लकडाउन एवं निषेधाज्ञा अवधिमा महिला श्रमिकहरुले भोगेका समस्या हरुकोबारे छलफल गर्दै यस्तो माग गरेको हो ।

महिलाहरु घरायसी कामदेखि कार्यालय एवं कार्यस्थलमा बढि समय बिताउने भएकोले कोरोना महामारीबाट महिलाहरु बढि प्रभावित भइरहेकोले खोपको पहिलो प्राथमिकता महिला श्रमिकलाई दिनुपर्ने माग रहेको नेपाल ट्रेड युनियन कांग्रेस राष्ट्रिय महिला समितिका अध्यक्ष सुधा दाहालले जानकारी दिइन ।

बैठकले कोरोना महामारीका कारण लाखौ महिला कामविहिन भई आय गुमाएकाले सरकारलाई विशेष राहत कार्यक्रम ल्याउन समेत माग गरेका छन् ।

बैठकले महामारी अवधिमा घरदेखि कार्यस्थलमा महिलामाथि हुने विभिन्न दुर्व्यवहार, हिंसा र विभेद बढेकोले आईएलओ अभिसन्धि १९० पारित गरी कानुन निर्माण गरी लागु गर्न जोडदार माग गरेको समितिका अध्यक्ष सुधा दाहालले बताइन् ।

समाचार वर्गहरू