ठुला भ्रम सत्य साधारण

232
  • सन्तोष भट्टराई

बालपनको साथि संगै हासखेल गरि हुर्केको भौगोलिक बिकटताले दुरि केहि टाडा भएपनि सामाजिक र पारिवारिक रुपमा निकटता रहेको साथि संगको बिसौं बर्षपछिको भेट केहि नयांपनको उत्सुकता र उमगंसंगैको भेट केहि क्षणको केहिदिनको थियो तर याद जिबनभरलाई भईदियो !

उनि संगको कुराकानि र जिबनका अंतरंगित संबादले खै मलाई कसरि मर्माहात बनायो आफैभित्र अन्योलता छ र उसमा पनि होला । जिवनका सुखदुख साटासाट गर्दे गर्दा बर्खेझरिसरि उसको आंखाबाट बर्सिएका आशु अनि जिबनमा झेलेका दुःख र पिडाको बज्रपातले मलाई भाबबिहिल बनाईदियो र मलाई पनि पिडाबोध हुन्थ्यो । नहोस पनि कसरि एउटि अबोध चेलि त्यसमाथि बच्चापनको साथि र पनि उसको अगाडि फुस्रो हांसो हासिदन्थे । किनको उसको पिडामा केहि मलम लगाउने सामार्थ्य भएर पनि नभएको आभाष हुन्थ्यो बाध्यकारि अधिकारबाट बन्चित हुदा निरिहता सिवाए विकल्प छैन ।

सान्वना दिएर केहिक्षणको खुसि दिन बाहेक केहि गर्न सकेको छैन । किनकि उसका पिडादाई आसुले मेरो मन छियाछिया र बेचैन बनाईदिन्थ्यो । तर पनि निसंकोच पिर नगर कर्मको खेल हो समय आउँछ पर्ख भन्नु बाहेक अरुकुनै बिकल्प छैन। न त अधिकार नै छ । त्यान्द्रो परालको आशा र सान्त्वनामा बाचेकि उ अनि ठुलै कायापलट गर्ने हुटहुटि बोकेर दौडिएको म बिच जिबनको तिन दशक पार गरेपछि भेट थियो ।हामिहरु बिच धेरै कुरामा समानान्तर सपनाहरु भेटिए । तरपनि पनि बिसम परिस्थितिले उसका सपना मरुभुमिको बालुवामा कोरेको आकृति जस्तै रहेछ । जुन कुन भुमरिले कतिबेला छिनभरमा निमिट्यान्न हुने हो थाहा छैन ।

त्यै पनि नयाँ नयाँ सपनाहरुको आशामा उसलाई खुसि बनाउने बाटो देखाउँथे र भन्थेँ सपना देख्न छाड्नुहुन्न सपना देख्नलाई परिस्थितिले केहि असर गर्देन तर पुरा गर्न परिस्थिति सहज बनाउन सक्नुपर्छ । नत्र सपना बिचैमा तुहिन सक्छ । किनकी सपना देख्न हैन पुरा गर्न संघर्षको मैदान छाड्नुहुन्न भन्ने मैले सुनेको थिएँ।

बाध्यताले भनौं वा परिस्थितिले गन्तब्यहिन जिवनको यात्रामा अगि बढेकि उ अनि लामै गन्तब्य तय गरेर अधि बढेको म बिच जिबनको आधा गन्तब्य पार गरेपछिको पुन एकपटक घनिष्टता मित्रताको भाब झल्किन्थ्यो । तर हरेक अभाब र दमाब प्रभाबमा दिनप्रतिदिन दयनिय र पिडादायि अवस्थामा गुज्रिएको उसको जिबनि देखेर मैले उसलाई एउटा कथा स्मरण गराएको थिएँ । उसले त बिर्सिसकि होला मेरो मानसबेटलमा भने घुमिरहेछ बिच्छि र मौरि को कथा ।

एकादेशमा मौरि बिच्छी काम खोज्दै कारखानामा पुगे र त्यहाँको प्रबन्धकलाई भेटे, प्रबन्धकले उनीहरूको योग्यता जाँच गर्नको लागि उनीहरूलाई अन्तर्वार्ता लिनुपर्ने कुरा बताए। प्रबन्धकले पहिला माहुरीलाई आफ्नो अफिसमा बोलाएर सोधे, “तपाईंले हाम्रो लागि के गर्न सक्नुहुन्छ?”

माहुरीले आशावादी हुँदै जवाफ दियो: “म सबैभन्दा स्वादिष्ट मह उत्पादन गर्न सक्छु जुन संसारमा धेरै मानिसहरूले मह खान मन पराउँछन्।” प्रबन्धकले आफ्नो टाउको हल्लाए र रिसाउँदै भने: “हामी यहाँ खानाको व्यापार गर्दैनौं, तपाईंको यस कारखानामा केही काम छैन, कृपया तपाईं जान सक्नुहुन्छ।” प्रबन्धकको कुरा सुनेर माहुरीले दुःख महसुस गर्यो र मनमनै भन्यो, “प्रबन्धकले सहि भनेका हुन, मैले काहिँ गए पनि काम पाउँदिन, म असफल मौरी हुँ।”

त्यसपछि प्रबन्धकले बिच्छीलाई आफ्नो कार्यालयमा बोलाएर सोधे, “तपाईंले हाम्रो लागि के गर्न सक्नुहुन्छ?” बिच्छीले मुस्कुराउँदै जवाफ दियो: “म विष उत्पादन गर्न सक्छु जुन बिश्वको सबैभन्दा शक्तिशाली औषधिहरु मध्य एक हो। जसले क्यान्सरसहित विभिन्न रोगको उपचार गर्न सक्छ।” बिच्छीको कुरा सुनेपछि प्रबन्धकले खिसी गर्दै भने: “ठिक छ, तर यो हाम्रो कारखानाले औषधिको कारोबार गर्दैन। तपाईं हाम्रो कम्पनीको लागि योग्य हुनुहुन्न, कृपया तपाईं जान सक्नुहुन्छ।” प्रबन्धकको कुरा सुनेर बिच्छीले यति हताश र निराश महसुस गर्यो कि उसले बारम्बार आफैलाई भन्यो, ” प्रबन्धकले सहि भनेका हुन, म बास्तवमै उसले भनेको जस्तो योग्य छैन।”

अन्तमा, प्रबन्धकले फट्याङ्ग्रालाई बोलाएर उही प्रश्न गरे। आफुलाई चिठ्ठा परेको जसरी हर्षोल्लास गर्दै नाच्दै केही बेरपछि फट्याङ्ग्रा बाहिर निस्कियो। उसलाई त्यो रमाइलो मुडमा देखेर, बिच्छी र मौरी उसको नजिक आए र सिट्टी बजाए, तपाइँलाई लाई बधाई छ। तपाईंले काम पाउनु भएकोमा हामी खुसी छौं।”

मौरी र बिच्छीले बधाई दिएपछि अन्तमा फट्याङ्ग्राले आफ्नो टाउको हल्लायो र भन्यो: “होइन, मैले काम पाएको छैन। बरु, प्रबन्धकले मलाई अयोग्य भनी बाहिर पठायो।” छक्क पर्दै बिच्छीले एक्कासी सोध्यो: ” म्यानेजर ले तपाइँलाई पनि अयोग्य भन्यो ? तर तपाईंले त यस कुरामा दु:ख मान्नुपर्ने होइन र ? फट्याङ्ग्राले मुस्कुराउँदै भन्यो: “उसको कारखानामा म अयोग्य हुनसक्छु, तर म अयोग्य छैन। उसले भनेको, उसले खोजे अनुसारको म होइन रहेछु। म खुशी छु किनकि म सफल हुने प्रयासमा अयोग्य भए र म योग्य नभएसम्म प्रयास गरिरहन्छु। यसको लागि म्यानेजरले पनि मलाई आफ्नो बारेमा नराम्रो महसुस गराउन सक्दैन ।

ठ्याक्कै यस्तै यस्तै नै रहेछ उसको जिवन उनिसँगको जोस जागर केहि गर्ने हुटहुटि पनि भित्रको छट्पटाहट लाई देखेर सोच्थ्ये यतिधेरै ईच्छाशक्ति भएकि उ असफल केहि कुरामा छैन । सबै क्षमताहरु छ तरपनि श्रिमानको नरफत ले उसको ईच्छा र हरेक दिनको बिहानिले ल्याउने सपनाहरु तिलान्जली दिनु सिवाय उसँग कुनै बिकल्प रहेनछ । “जसलाइ दिन्थि उसका चाहना भत्काइ दिन्थे । ‘आनन्द अनि हर्षको दुबोमाथिको मरुभुमि बिच्छ्याई दिन्थे । ‘ मुटुको महलमा सेकेको हातहरु न्यानो स्पर्ष चाहान्थे तर बगरको ढुंगा जस्तै नांगै चिसो भुइमा लडि राखेको पाउँदिरहिछ सायद कमजोर चाहनाले होईन निरिहता र निर्जतलामा कुहिरो भित्र हराएको कागझैं चलेको जिबन देख्थे । भित्र होस या बाहिर उसलाई असफलामा धकेल्नेहरु र खुईल्याउनेहरुको बाहुल्बायता बाक्लै रहेछ भन्ने भाब झल्किएको मैले बुझेपछि उसलाई हरेक पटक भन्नेगर्थे एक्लोपन भित्रको पिडाले शितलता भन्दा बढि राफ पैदा गर्छ ।

उ भाग्यलाई दोष दिएर मन बुझाउने कोसिष गर्थी म कर्मलाई दोष दिन्छु किनभने भाग्य र कर्म एक रथका दुई पाटा हुन । भाग्य बिउ हो भने कर्म बृक्ष्य हो । बिउ उर्बर भुमिमा पर्यो भने त्यसले फल राम्रो दिन्छ । हैन कर्मले बिउ मरुभुमिमा पर्यो भने त्यहि बिउ त्यहि हराउने हो । गलत नभएर पनि गलत हुन सजिलो लागेको बताउने उसलाई आफु सहि भएर पनि सहि साबित गर्न सकेकि रहिनछ । इन्द्रावती-१०, सिन्धुपाल्चोक

समाचार वर्गहरू