काठमाडौं – महिला फ्रेन्चाईज क्रिकेट वुमेन च्याम्पियन्स लिग डब्लुसीएलमा चितवन राईनोजले विजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा क्वाट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गर्दै चितवनले सुखद सुरुवात गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान भएको खेलमा काठमाडौंले दिएको ९३ रनको सामान्य लक्ष्य चितवनले १८ ओभर ३ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । चितवनका लागि सुमन खतिवडाले सर्वाधिक २९ रन जोडिन । २३ बलको सामना गरेकी सुमनले ४ चौका प्रहार गरेकी थिएन् ।
यस्तै, प्यारी चौधरीले अविजित २४ रन जोडिन । त्यसबाहेक ऋतु कनोजिया १४ र काजोल श्रेष्ठले ११ रनको योगदान गरिन् । काठमाडौंका ईश्वरी बिष्टले २ विकेट हात पारिन् । यस्तै संगीता राई, लक्ष्मी साउद र सरस्वती कुमारीले सामान १र१ विकेट हात पारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा १० विकेट गुमाएर ९२ रन बनाएको थियो । काठमाडौंका लागि रश्मी चौलागाईले सर्वाधिक ३४ रन बनाईन् । सरस्वती कुमारीले १५ रन जोडिन । कप्तान रुबिना क्षेत्री १ रनमा आउट भईन् । चितवनका सन्तोषी चौधरीले ३ विकेट लिईन् ।
यस्तै, रेखा रावल र कविता गौतमले २र२ विकेट लिईन् । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ । प्रतियोगिता अन्तर्गत बिहिबारबाट हरेक दिन दुई खेल हुनेछ । बिहिबार काठमाडौंले पोखरा पल्टन तथा ललितपुर फाल्कोन्सले विराटनगर टाईटन्ससँग खेल्नेछ । प्र
तियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीको स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।