डेढ करोड रुपैयाँ बराबरको मोबाइल बरामद

77

(काठमाडौं) – भन्सार छलेर ल्याइएको करिब डेढ करोड मूल्य बराबरका विभिन्न ब्राण्डका मोबाइल प्रहरीले काठमाडौंबाट बरामद गरेको छ । मोबाइल सहित दुई जना समेत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा डोटीका उमेश भट्ट र सिन्धुपाल्चोकका इन्द्रबहादुर कटवाल छन् । महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीका अनुसार भैरहवाबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बर प्लेटको कारबाट विभिन्न ब्राण्डका ६ सय ३४ थान मोबाइल बरामद भएको हो ।

समाचार वर्गहरू