डेढ घण्टा लाइन बसेर एक गाग्री पानी भर्छन् प्रधानमन्त्रीका मतदाता

काठमाडौं – गोरखा सदरमुकामको दरबारमार्गमा बस्ने कृष्णबहादुर श्रेष्ठ बिहान पानी बोक्दैमा समय बित्छ। गोरखा सदरमुकाम- ६ छहरेधारामा पानीको मुहान सानो हुन थालेपछि आफ्नो पालो आउन कम्तीमा एकदेखि डेढ घण्टा कुर्नुपर्ने हुन्छ। कुनै दिन एक गाग्री पानी भर्न डेढ घण्टा भन्दा बढी समय कुर्नुपर्ने हुन्छ।  सदरमुकाममा पानीको समस्या छ। सदरमुकाममा रहेका अधिकांश पानीका धारा सुक्न थालेपछि […]

6

काठमाडौं – गोरखा सदरमुकामको दरबारमार्गमा बस्ने कृष्णबहादुर श्रेष्ठ बिहान पानी बोक्दैमा समय बित्छ। गोरखा सदरमुकाम- ६ छहरेधारामा पानीको मुहान सानो हुन थालेपछि आफ्नो पालो आउन कम्तीमा एकदेखि डेढ घण्टा कुर्नुपर्ने हुन्छ। कुनै दिन एक गाग्री पानी भर्न डेढ घण्टा भन्दा बढी समय कुर्नुपर्ने हुन्छ। 

सदरमुकाममा पानीको समस्या छ। सदरमुकाममा रहेका अधिकांश पानीका धारा सुक्न थालेपछि घण्टौँ कुरेर एक गाग्री पानी ल्याउनु परेको छ। उनले भने, “बिहानै ३ बजेदेखि नै लाइन लागेर पानी थाप्नुपर्छ, पानी सानो भएकाले गाग्री भरिन समय लाग्छ। लाइनमा बस्दाबस्दै डेढ घण्टा समय बित्छ।’’ सदरमुकाममा वर्षको दुई महिना जति खानेपानी समस्या आउने उनले बताए। 

सदरमुकाममा जोडिएका प्रत्येक घरमा लाइनको पानी चार पाँच दिनमा एक पटक मात्र आउने भएकाले पनि धेरै मानिस धाराको पानीमा भीड भएको हुनसक्ने स्थानीय रेजिना मगरको बुझाइ छ।

खानेपानीसँगै शौचालय जान, लत्ताकपडा धुन, नहाईधुबाई गर्न  तथा बस्तुभाउलाई खुवाउन समस्या भोग्नु परेको माया गुरुङ बताउँछिन्। सम्बन्धित निकायले बेलैमा पानीको बारेमा पहल कदमी लिएर खानेपानीको समस्या हल गर्नुपर्ने स्थानियको भनाइ छ। 

गोरखा सदरमुकाममा पानीका मुहान नभएका भने होइनन् गोरखा सदरमुकाम केन्द्रित बढी जनसङ्ख्या र दिगो मुहान नभएका कारण समस्या झेल्नु परेको स्थानीयवासी कृष्णकुमार श्रेष्ठ बताउँछन्। 

केही समय अघि मात्र सदरमुकाम नजिकै रहेको रानीवनका सम्पूर्ण स्थानीय बासीले गोरखा नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय गोरखामा रित्तो गाग्री बोकेर प्रदर्शन समेत गरेका थिए। रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू