ढुसी लागेको सामग्री बेचेपछि काठमाडौं महानगरद्वारा भाटभटेनी स्टोरलाई २ लाख जरिवाना

63

काठमाडौं — काठमाडौं महानगरपालिकाले त्रिपुरेश्वरस्थित भाटभटेनी सुपर मार्केटलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ ।

अनुगमनका क्रममा ढुसी लागेको सामग्री बेचेको पाइएपछि महानगरपालिकाको कृषि तथा पशुपंक्षी विभागले भाटभटेनी सुपर मार्केटलाई जरिवाना गरेको हो ।

विभागका निरीक्षण अधिकृत डा. अवधेश झाका अनुसार काठमाडौं महानगरको कल सेन्टरमा ‘बासी, सडेगलेका र किरा लागेका खाना बेच्यो’ भनी गुनासो आएको थियो । उक्त गुनासोका आधारमा विभागबाट अनुगमन गर्दा नरिवलका ४४ प्याकेटमा ढुसीजन्य पदार्थ फेला परेको हो । त्यसपछि शुक्रबार ती नरिवल नष्ट गरिएको र भाटभटेनीलाई २ लाख रुपैयाँ जरिवाना गरिएको थियो ।

2 lakh fine to Bhatbhateni store in Tripureshwar by Kathmandu Metropolis

समाचार वर्गहरू