काठमाडौं – केही व्यवसायी र सरकारी कार्मचारीको योजना अनुसार पछिल्लो समयमा तातोपानी भन्सार नाका सिन्धुपाल्चोकमा भन्सार विभागको पत्र भन्दै नक्कली पत्रदेखाउदै खुला रुपमा अर्बौं रुपैयाँको अबैध सामानको ओसार प्रसार हुदै आएको पाईएको छ ।
तातोपानी भन्सार नाका बन्द हुनु अघि सवै भन्सार चेकजाँच नेपाली चीन सिमा तातोपानी भन्सार कार्यालयमा हुदै आएको थियो । कोरोना र भुकम्पको कारण देखाई चीनियाँपक्षबाट बन्द गरिएको सो नाका लामो समयपछि खुलेसंगै अहिले सरकारको नियन्त्रणमा भन्दापनि तस्कर व्यवसायीको नियन्त्रणमा भन्सार नाका चल्दै आएको छ ।
सो नाकाबाट निश्चित व्यवसायीलाईमात्र सामान आयात गर्न भन्सार कार्यालय तातोपानीले दिएको समेत आरोप लागेको छ । यसैबीच, भन्सार कर्मचारी र केही व्यवसायीहरुको साँठगाँठमा भन्सार विभागबाट प्राप्त पत्र देखाउदै तस्करहरुले चीनको स्वशासित क्षेत्र तिव्वतबाट सामान सिधै लोड गरेर काठमाडौंको चोभारमा रहेको सुख्खा बन्दरगाहामा लैजाने भन्दै सो बन्दरगाहमा नपुगी बीचबाटोबाटै ट्रक भारत लैजाने समेत गरेको पाइएको छ । ठूलोमात्रामा ट्रक तातोपानी भन्सार नाकाबाट छुटाएर १/२ वटा ट्रकमात्र चोभारमा रहेको बन्दरगाहमा लैजाने गरेको निकट केही व्यवसायीहरुले बताएका छन् ।
यसरी सिमित व्यवसायीको सिन्डीकेटका कारण अहिले तातोपानी हुँदै चीनबाट सामान ल्याउने ट्रान्सपोर्ट कम्पनीबीच विवाद समेत पर्दै आएको छ । तर शक्ती र सत्ता संगै सो क्षेत्रका साँसदहरुको संरक्षणमा अहिले तातोपानी भन्सार नाकालाई ४ वटा ट्रान्सपोर्ट कम्पनीले सिन्डिकेट लाग्ु गरेको दुखेशो समेत अन्य व्यवसायीहरुले गरेका छन् । सो नाकाबाट सरकारी संरक्षणमा कोरोनाको समयमा समेत खुला रुपमा लसुन आयात गरेको भन्दै सुन र लागुऔषधको ओसार प्रसार गर्दै आएको सिल्क ग्रुपको सिल्क ट्रान्सपोर्ट, नमस्ते ग्लोबल लजिष्टिक र रेवाङ लजिष्टिक ट्रान्सपोर्ट र सि क्याप नामको ट्रान्सपोर्ट कम्पनी रहेका छन् ।
सिल्क ग्रुपको अध्यक्ष रमेश शेर्पाले चाइनाबाट सामान ल्याउने गर्दछन् । सामान आउदाँ नेपालबाट उनीहरुले चयन गरेको ट्रकमात्रले सामान नेपाल ल्याउन चीनको खासा जाने गरेको छ । भने अन्य ट्रक महिनौ दिनदेखि ग्यारेजबाट बाहिर समेत निकाल्न यि ४ वटा तथाकथित कम्पनीले दिएको छैन । नमस्ते ट्रान्सपोटले सामान आयातका लागि चाइना कन्टेनर पठाउने गरेको छ । यो कम्पनी विवादीत व्यापारी लोप्साङ शेर्पाले चलाउदै आएका छन् ।
लोप्साङ पछिल्लो समयमा चीनियाँ कम्पनी मुसा संगको सहकार्यमा अबैधधन्दा चलाउदै आएका छन् । भने लोप्साङले कोटेश्वरमा रहेको भाटभटेनीको ५ औं तलाबाट अबैधन्दा सञ्चालन गर्ने गरेका छन् । अबैध सामान बोक्नका लागि सिल्क ट्रान्सपोर्टको ५२ वटा, नमस्ते ग्लोबल लजिष्टिकको ३२ वटा र रेवाङ ट्रान्सपोर्टको १२ वटा कन्टेनर दैनिक रुपमा प्रयोग गर्दै आएको छ ।