तत्कालीन राजा बिरेन्द्रको बंश नाश भएको १९ बर्ष पुरा, घटना अझै रहस्यमय

25

(काठमाडौं) – तत्कालिन राजा वीरेन्द्र शाहको वंशनाश हुने गरि दरबार हत्याकाण्ड भएको १९ वर्ष पूरा भएको छ । आजभन्दा ठीक १९ वर्ष अघि अर्थात २०५८ जेठ १९ गते तत्कालिन राजा वीरेन्द्र शाह र उनको परिवारको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा तत्कालिन युवराज दीपेन्द्र शाहलाई मुख्य दोषी देखाइएको थियो तर जनमानसले अहिलेसम्म त्यसलाई पत्याएका छैनन् । घटनाको २० बर्ष सम्म पनि उक्त घटना रहस्यमय नै छ ।

सरकारद्वारा गठित छानविन समितिहरुले दीपेन्द्रले केही समययता भएको पारिवारिक विवादका कारण बाबुआमा, भाई र बहिनीसमेतमाथि गोली चलाएको निष्कर्ष निकालेको थियो । त्यसपछि उनी स्वयंले आत्महत्या गरेको भनिएको छ ।

उक्त काण्डमा तत्कालिन राजा वीरेन्द्रसहित रानी ऐश्वर्या, छोराहरु युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, छोरी अधिराजकुमारी श्रुती, भाइ अधिराजकुमार धिरेन्द्र, दिदीहरु शोभा सिंह र शारदा शाहका अलावा ज्वाईं कुमार खड्ग विक्रम शाहसमेत गरि १० जनाको हत्या भएको थियो ।

दरबार हत्याकाण्ड भएको चार वर्षमै देशमा गणतन्त्रको ढोका खुलेको थियो । त्यसपछि संविधानसभाको चुनाव भई २०६५ साल जेठ १५ मा गणतन्त्र घोषणा भई २५० वर्ष लामो शाहवंशीय शासनको अन्त्य भएको थियो ।

नेपाली जनताको नजरमा राजाको रूपमा स्थापित तत्कालीन राजा बिरेन्द्रप्रती आम नागरिकको सम्मान यद्यपि कायमै छ ।

समाचार वर्गहरू