तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

15

(बाँके) – नेपाली कांग्रेसको भातृसंगठन तरुण दल बाँकेले गरेको बन्दले जनजीवन प्रभावित भएको हो । आफ्ना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो ।

केहि साताअघि तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहलाई हतियार सहित बाँके प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका शाहको रिहाइ आव्हान गर्दै कांग्रेसले विरोध जनाएको हो ।

प्रहरी प्रशासन सरकारको आडमा मनोमानी गरेको आरोप उनीहरुले लगाएका छन् । तरुण दलको नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहसहित राघव शाह, माधव नेपाली, जयबहादुर बुढा र प्रितम थापामगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

कार्तिक १४ गते शाहलाई बाँके प्रहरी प्रशासनले बेलुका नेपालगञ्जको नमस्ते भिलेज रिसोर्टबाट हतियारसहित पक्राउ गरेको थियो । अवैध रुपमा रहेको अमेरिकन लोडेड पेस्तोल २ र दुई थान गोली समेत बरामद गरेको थियो । बन्दले कोहलपुर, नेपालगन्जको चोकहरु प्रभावित भएका छन् ।

कोहलपुर हुँदै काठमाडौंबाट नेपालगन्ज आउने रात्रीबस चप्परगौडीमा रोकिएका छन् । चोकचोकमा झन्डा राखेर यातायातमा सञ्चालनमा रोक लगाइएको छ । शाहको रिहाइ नहुँदासम्म बन्द गर्ने तरुण दल बाँकेले जनाएको छ ।

समाचार वर्गहरू