तालामाराङ बजारमा आगलागी

29

रासस/मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–६ तालामाराङ बजारस्थित एक घरमा आगलागी भएको छ । पसल भएको उक्त घरमा आज बिहान अगलागी हुँदा करिब रु २० लाखबराबरको क्षति भएको पीडित दीपेन्द्र तामाङले बताएका छन् ।

ग्यास चुहिएर शुरु भएको आगलागीबाट घरको भौतिक सामानमा क्षति पुगेको हो । त्यस्तै पसलको सामान नष्ट भएको पीडित तामाङले जानकारी दिए । प्रहरी र स्थानीयवासीको सहयोगबाट आगो नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले जानकारी दिए ।

समाचार वर्गहरू