तीनकुनेमा भएको झडपमा कीर्तिपुरका महर्जनको मृत्यु

41

काठमाडौं – बिहीबार तीनकुने क्षेत्रमा भएको झडपमा कीर्तिपुर– ४ बस्ने २९ वर्षिय सविन महर्जनको मृत्यु भएको छ। गृह मन्त्रालयले गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिइएको हो। प्रहरीको गोली लागेर उनको मृत्यु भएको हो।

पत्रकार सम्मेलनमा गृह मन्त्रालयका सहसचिव छवि रिजालले १५ जना प्रहरी र १५ जना प्रदर्शनकारी घाइते भएको जानकारी दिए। आन्दोलनका कमान्डर दुर्गा प्रसाईंलाई कानुनी कारबाहीमा ल्याइने बताए। आन्दोलनकारीले विमानस्थलमा समेत आगजनीको प्रयास गरेको उनले बताए।

राजतन्त्रको पक्षमा भएको प्रदर्शनमा झडपसँगै आगजनी र तोडफोड भएको छ ।

समाचार वर्गहरू