तीनकुने घटनामा संलग्न थप दुई आरोपी पक्राउ

68

काठमाडौं – काठमाडौंको तीनकुनेमा यही चैत १५ गते भएको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोपमा थप दुई जना पक्राउ परेका छन् ।

तीनकुने क्षेत्रमा आगजनी, तोडफोड गरी राज्य विरुद्धको कसुर र आपराधिक उपद्रव लगायतका अपराधमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई पक्राउ  गरेको हो ।

पक्राउ पर्नेमा भोजपुरको अरुण गाउँपालिका घर भएका ४५ वर्षीय दिल कुमार श्रेष्ठ र सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका-४ का ३० वर्षीय जितबहादुर श्रेष्ठ रहेका छन् ।

उनीहरूविरुद्ध आपराधिक उपद्रव कसुर अन्तर्गत काठमाडौं जिल्ला अदालतबाट दिन २० (बीस) को मिलान म्याद थप अनुमति प्राप्त भई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी, अपिलराज बोहोराले जानकारी दिए ।

समाचार वर्गहरू