त्रिविमै सर्‍यो स्ववियु चुनाव

29

काठमाडौं – त्रिवि विश्वविद्यालय क्याम्पसको स्ववियु निर्वाचनको मिति सरेको छ। निर्वाचन समितिले आइतबार एक सूचना जारी गर्दै विश्वविद्यालय क्याम्पसमा चैत ५ गतेका लागि तय भएको निर्वाचन ८ गते हुने जानकारी दिएको हो ।

त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले अवरुद्ध क्याम्पसमा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएपछि क्याम्पसले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

निर्वाचन सरेपछी सोमबार दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकिएको निर्वाचन समितिका एक सदस्यले जानकारी दिए । उम्मेदवारहरूको अन्तिम नामावली पनि भोलि अपरान्ह ५ बजे नै सार्वजनिक हुने बताइएको छ ।

समाचार वर्गहरू