थप दुईमा कोरोना संक्रमण, संक्रमितको संख्या २८१ पुग्यो, एकको मृत्यु

28

(काठमाडौं) – शनिबार थप दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा थप दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका २० र ६५ वर्षीय पुरुषमा संक्रमण देखिएको हो । उनीहरुको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसको संक्रमण बाट नेपालमा एक जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

संक्रमित मध्ये ३६ जना उपचार पछि निको भएका छन् ।

समाचार वर्गहरू