थप २२६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७९८

54

(काठमाडौ) -सोमबार पीसीआर विधिबाट गरिएको पछिल्लाे परीक्षणमा थप २२६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

नेपालमा सङ्क्रमित सङ्ख्या एकहजार ७ सय ९८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।

पुरूष २१३ र महिला १३ जनामा सङ्क्रमित भएका छन् । नेपालमा १६६७ जना पुरुष र १३१ जना महिला सङ्क्रमित भएका छन् ।

यस्तै,  डोटीमा पनि सङ्क्रमण पाइएकाले नेपालका ५९ जिल्लामा सङ्क्रमण फैलिएको मन्त्रालयले जनाएकाे छ ।

समाचार वर्गहरू