दराज ११.११ को फाइदा कसरी उठाउने

18

(काठमाण्डौं) – नेपालको सबै भन्दा ठूलो अनलाईन शपिङ साइट दराजले एक दिने बृहत सेल डे सुरु गर्न लागेको छ । संसारकै सबै भन्दा ठूलो सेल डे ११.११ सेल (एक दिनको सेल) यहि कार्तिक २५ गते मध्यरातबाट सुरु हुने भएको छ ।

एक दिनको सेलमा दराजले भौउचर, फ्लेश सेल, ३ हजार भन्दा बढी विक्रेतासँगको सहकार्यमा ३ लाख भन्दा बढी सामानहरुमा आकर्षक छूट्हरु लगायत अन्य धेरै अफरहरु दिने भएको छ । उपभोक्ताहरुले दराजको ६ बैंकिङ्ग पार्टनरहरुको डेबिट र क्रेडिट कार्ड प्रयोग गरी अनलाईनबाट भुक्तानी गर्दा थप २० प्रतिशत अथवा मेगा सेलमा ३५ सय रुपैयाँ सम्मको सम्मको छूट पाउने छन् ।

दराजको बैंकिंग पार्टनरमा नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, सानीमा बैंक, मेगा बैंक, स्ट्याण्र्डड चार्टड बैंक एनआईसी एसिया रहेका छन् । यसपाली उपभोक्ताहरुले टप ब्रान्डहरुमा राम्रा मेगा डिलहरुको अपेक्षा गर्न सक्नेछन् । रेड्मी नोट ७ प्रो, हुवाइ पी ३०, र वान प्लस ७ मा ठूलो छुट दिईने छ भने आइ फोन ११ प्रीअर्डर, र वान प्लस ७ टी प्रो को पनि लन्च हुने आयोजकले जनाएको छ ।

साथै सामसंग, मिडिआ, विडियोकोन, होम्ग्लोरी जस्ता ठूला ब्रान्डहरुले फ्रिज, एसी, टीभी,वाशीङ मसिन, रुम ग्यास हिटर, लगायत सामानहरुमा विशेष छुट दिनेछन् । यसको साथ साथै डेल, ब्ल्याक एंड डेकर, फिलिप्स, यासुदा, वलपूल, फ्यान्टेक, मन्त्र, कमिलिआन्त, आडिडास, सोनाम गियर्स, एजीवि, प्रख्या, टाइटन्, भ्यान्स, रंगोली, नाइकी, गोल्ड्स्टार, हिमालय, ज्युवास, र व्यंजन जस्ता ब्रान्डहरुले पनि छूट दिनेछन् । ब्रान्ड पिच्छे छुट फरक फरक छन् तर उपभोक्ताहरुले ३०% देखि लिएर ८०% सम्मको छूटको अपेक्षा गर्न सक्नेछन ।

यो सेल २४ घण्टा को लागि मात्र हुने हुँदा उपभोक्ताहरुले यस को पूरा लाभ उठाउन दराज एप पहिलेनै डाउनलोड गर्नुपर्छ र नोटिफिकेसन अन राख्नुपर्छ । साथै दराज नेपाल भरि का उपभोक्ता र बिक्रेतालाई मिलाउने अनलाइन बजार भएकोले यस बजार मा थुप्रै बिक्रेता हुने गर्दछन जसले गर्दा एउटै समान फरक फरक मूल्यमा पाउन सकिन्छ ।

भोक्ताहरुले बिक्रेता ले दिएको मूल्य, बिक्रेताको रेटिङ्ग, र अरु उपभोक्ताहरुले दिएको प्रतिक्रिया हेरि मात्र आफूलाई मनपर्ने सामान किन्नुपर्दछ । साथै उपभोक्ताहरुले ११.११ भन्दा पहिले नै विभिन्न बिक्रेताको पसल फलो गरेहुन्छ, भाउचर बटुले हुन्छ र आफूलाई मनपरेको सामान आफ्नो कार्टमा हाले हुन्छ । यसको माथि दराजमा डेबिट र क्रेडिट कार्ड बाट किन्दाछूट पाउने भएकोले कार्डको उपयोग गर्दा झन् फाइदा हुन्छ ।

यस सालको ११.११ मेगा उपहारमा यामाहा रे जेड आर स्ट्रीट र्याली स्कुटर रहेको छ । उक्त स्कुटर जित्ने मौका पाउन केवल दराज को ११.११ मा शपिंग गरे पुग्छ । लकी ड्र द्वारा एक बिजेता घोषित हुनेछ । साथै दराज ले यसपाली को ११.११ मा उपभोक्ताहरुले भाउचर तथा उपहारहरु जित्ने अवसर पाउन भनि सामाजिक संजाल मा प्रतियोगिता र रमाइला प्रत्यक्ष्य विडियोहरुका साथैइन–एप गेमहरु, शेकशेक, दराज साथी, एड टु कार्ट अफर लिएर आएको छ ।

समाचार वर्गहरू