दश पटकसम्म स्वतन्त्रबाट वडाध्यक्षमा निर्वाचित व्यञ्जनकारको निधन

15

काठमाडौं – ललितपुर महानगरपालिका वडा नम्बर १० का पूर्व–वडाध्यक्ष नरसिंह व्यञ्जनकारको निधन भएको छ । आइतबार नर्भिक अस्पतालमा व्यञ्जनकारको निधन भएको हो ।

व्यञ्जनकार लगातार दश पटक स्वतन्त्र उम्मेदवारी दिएर ललितपुर महानगर वडा नम्बर १० का अध्यक्षमा निर्वाचित भएका थिए ।

गएको स्थानीय चुनावमा भने उनि नेपाली कांग्रेसबाट उम्मेदवार उठेका भतिज रविनमान व्यञ्जनकारसँग पराजित भएका थिए । व्यञ्जनकारको वडाध्यक्ष यात्रा २०२९ सालदेखि शुरू भएको थियो ।

त्यतिबेला उनले कांग्रेसबाट उठेका आफ्नै भाइ कर्मलाललाई हराएका थिए । उनले स्वतन्त्र उम्मेदवारमा उठेर पहिलो पटकमा नै चुनाव जितेका थिए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू