(दाङ) – दाङ क्षेत्र नम्बर ३ (ख) बाट प्रदेशसभा सदस्यमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की विमला खत्री निर्वाचित भएकी छन् । ५ हजार १ सय ४ मतान्तरले उनी विजयी भएकी छन् । निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका केशवराज शर्माले १९ हजार २ सय ८२ मत ल्याए ।
खत्रीले प्रदेशसभा २४ हजार २ सय ८६ मत ल्याइन् । ६८ हजार ७ सय १९ मतदाता मध्ये ४६ हजार ७ सय १८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
उपनिर्वाचनमा साझा पार्टीका उम्मेदवार शिवकुमार चौधरीले २६६, राप्रपाका भुपाल रावतले २२५, समाजवादीका डिल्लीबहादुर डाँगीले १५४, राष्ट्रिय प्रजातन्त्र संयुक्तका छोटीलाल थारुले १३८, नेकपा मालेका हरिप्रसाद डाँगीले १०३, मंगोल नेशनल पार्टीका घनश्याम चौधरीले ९० मत पाएका छन् ।
२०७४ सालको चुनावमा पनि सो क्षेत्रबाट तत्कालीन एमालेका उत्तरकुमार वली प्रदेशसभा सदस्यमा विजयी भएका थिए । वलीको सवारी दुर्घटनामा मृत्यु भएपछि नेकपाले वलीकी श्रीमती विमला खत्रीलाई उम्मेदवार बनाएको हो ।