दाहाल नेतृत्वको सरकारमा ८ मन्त्रालय रिक्त

8

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका मन्त्रीहरूले राजीनामा दिएसँगै पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आठ मन्त्रालय रिक्त भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्री परिषद् कार्यालयका अनुसार प्रधानमन्त्री दाहालले गृहसहित वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सम्हालिरहेका छन् ।

यसैगरी, ऊर्जा, जलस्रोत तथा सिँचाई, सहरी विकास, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय पनि प्रधानमन्त्रीको जिम्मेवारीमा परेको छ ।

बन तथा वातावरण खेलकुद मन्त्रालय दुई महिना देखि रिक्त छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारबाट बाहिरिएसँगै गृह, शिक्षा र श्रम मन्त्रालय पनि रिक्त हुन पुगेको थियो ।

आइतबार राप्रपाका मन्त्रीहरूले राजीनामा दिए पछि ऊर्जा, जलस्रोत, सहरी विकास र संसदीय मामिला मन्त्रालय रिक्त हुन पुगेको हो ।

नयाँगठबन्धन सँगै राष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रीपरिषद बिस्तारहुनेछ । तबसम्म रिक्त रहेका सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री दाहालले सम्हाल्ने छन् भने मन्त्रालय कर्मचारीकै भरमा चल्नेछ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू