काठमाडौँ — बुधबार दिउँसो एक बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सरेको छ ।
सत्तारुढ नेकपाको सचिवालय बैठककै समय पारेर प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक आह्वान गरेपछि गलत सन्देश जाने भएकाले दिउँसो २ बजे बैठक बस्न लागेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शीतल निवास पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक भने एक घण्टा पर सारेका छन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालय बैठकसँगै जुधाएर मन्त्रिपरिषद् बैठक डाकेका थिए ।
यसैबीच नेकपाको सचिवालय बैठक भने पूर्वनिर्धारित तालिका अनुसार नै दिउँसो १ बजे बालुवाटारमै बस्ने भएको छ ।
नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले ट्वीट गर्दै पूर्वनिर्धारित कार्यक्रम अनुसार बुधबार दिउँसो एक बजे बालुवाटारमा सचिवालय बैठक बस्ने जानकारी दिएका हुन् ।
हामो पार्टीको केन्द्रीय सचिवालयको वैठक पूर्व निर्धारित कार्यकम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।
— Narayan Kaji Shrestha Prakash (@narayankajis) November 18, 2020