(मोरङ) – बसको ठक्करबाट सुनसरीमा एक प्रहरी जवानको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । दंगा प्रहरी गणबाट सुनसरी जाने क्रममा विपरीत दिशाबाट आएको को १ ख ५६७२ नम्बरको बसले स ७ प ७२३८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा दुर्घटना भएको हो ।
बसको ठक्करबाट उदयपुरको त्रियुगा नगरपालिका १३ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत २८ वर्षीय प्रहरी जवान सुजन रेग्मीको मृत्यु भएको हो ।
मोरङको गोविन्दपुर १ घर भई दंगा नियन्त्रण प्रहरी गण दुहबीमा कार्यरत अर्का २८ वर्षीय प्रहरी जवान किरण कठेत घाइते भएको हो । रेग्मीको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।