धनुषामा एक निर्माण व्यवसायीको गोली हानी हत्या 

11

(धनुषा) — धनुषामा एक निर्माण व्यवसायीको गोली हानी हत्या भएको छ । जनकपुरधाम उपमहानगपालिका १ का अन्दाजी ४० वर्षीय मनोज साह माथि गोली प्रहार भएको हो ।

निर्माण व्यावसायी साहमाथि जनकपुरको मुजेलियामा स्थानीय पंकज चौधरीले गोली प्रहार गरेका हुन् ।

३५ वर्षीय पंकज चौधरीले उनकै घरमा पुगेर साहलाई बुधबार गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

उनलाई बन्दुकसहित प्रहरीले नियन्त्रणमा लिइसकेको जनकपुरका एसपी शेखर खनालले बताएका छन् । गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको थियो । साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन् ।

साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ । साह र चौधरीबीच ठेक्का पट्टा विवाद रहेको र यही विषयमा कुरा गर्न जांदा गोली प्रहार भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

समाचार वर्गहरू