धादिङ र काभ्रेका सीडीओलाई गृहमन्त्रालय तानियो

72

काठमाडौं – गृह मन्त्रालयले धादिङ र काभ्रेका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । विपदको बेलामा आफ्नो जिम्मेवारीमा चुकेको भन्दै गृहले उनिहरुको सरुवा गरेको हो ।

धादिङमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई र काभ्रेमा उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

मन्त्रालयका अनुसार धादिङका राजेन्द्रदेव पाण्डेलाई गृहमन्त्रालयमा तानिएको छ भने उनका ठाउँमा गृह मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई पठाइएको छ ।

त्यसैगरी काभ्रेमा सूर्य प्रसाद सेढाइँलाई पनि गृहमन्त्रालयमा तानिएको छ भने उनका ठाउँमा गृह मन्त्रालयका उमेश ढकाललाई प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।

मनसुन सक्रिय भएसँगै जोखिमको पूर्वसूचना हुँदाहुँदै सवारी साधन सन्चालनमा प्रशासनले रोक नलगाउँदा धेरै क्षति भएको गृहमन्त्रालयको निष्कर्ष छ ।

नेपाल प्रहरीका अनुसार आइतबार साँझसम्म नौबिसे-नागढुंगा सडक खण्डको झ्याप्ले खोलानेर पहिरोले सवारी साधनसहित पुर्दा ३५ जनाको मृत्यु भइसकेको छ । काभ्रेमा ५० जनाको मृत्यु भएको नेपाल प्रहरीको तथ्यांक छ ।

यसैगरी धादिङ-काठमाडौं सडकखण्ड र काभ्रेतर्फ बीपी राजमार्ग खण्डमा क्षति पुग्दा यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

समाचार वर्गहरू