नक्कली भुटानी शरणार्थी प्रकरण – मंगलबार थप दुई जना पक्राउ

8

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा मंगलबार थप दुई जना पक्राउ परेका छन्। प्रहरीले उनीहरूलाई काठमाडौंको शंखमुलबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी रविन्द्र रेग्मीले जानकारी दिए।

प्रहरीले यस प्रकरणमा पूर्व गृहसचिव टेकनारायण पाण्डेसहित सात जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी छन्।

सोहि प्रकरणमा एमाले सचिव टोपबहादुर रायमाझी फरार रहेकोले प्रहरीले खोजीरहेको छ ।

 

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू