नयाँदिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु

59

काठमाडौं – भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ । उक्त घटनामा २५ भन्दा बढी घाइते भएका छन् ।

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो । महाकुम्भ जानका लागि शुक्रबार दिउँसोदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो । राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो आउँदा भीड बढेको थियो र भागदौड मच्चियो ।

यसअघि जनवरी २९ मा प्रयागराजको महाकुम्भमा ३० जनाको मृत्यु भएको थियो । त्यही समयमा फेब्रुअरी १०, २०१३ मा कुम्भको समयमा प्रयागराज स्टेशनमा भागदौड मच्चिएको थियो । दुर्घटनामा ३६ जनाको मृत्यु भएको थियो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

समाचार वर्गहरू