काठमाडौं – पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले टिआरसी विधेयकलाई निष्कर्षमा पुर्याएर नयाँ सरकारले एउटा राम्रो काम गरेको बताएका छन्।
बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा संक्रमणकालीन न्याय (टिआरसी)सम्बन्धी विधेयक टुंग्याउन गठिन कार्यदलले बुझाएको प्रतिवेदन बुझ्दै दाहालले यस्तो बताएका हुन्
आफू प्रधानमन्त्री रहँदा गठन भएको कार्यदलले टिआरसीलाई टुंगोमा पुर्याएकोमा खुसी व्यक्ति गर्दै दाहालले भने, ‘मलाई आज धेरै त भन्नु छैन यो विषयमा, नयाँ सरकार गठन भएपछिको यसलाई एउटा राम्रो काम भन्ने ठान्छु र म सरकारलाई पनि धन्यवाद भन्न चाहन्छु।’
उनले भने, ‘सफल होला या नहोला भन्ने जस्तो त लाग्थ्यो, तैपनि कार्यदलले धेरै मिहिनेत गरेर निष्कर्षमा पुर्याएको छ। अब यसलाई वैधानिक प्रक्रियाबाट संसद्को समितिमा र फुलहाउसमा पनि यसैपटक जाओस् र टुंग्याइयोस् ।’