नर्भिकको अत्याधुनिक सुविधासम्पन्न भवन बन्दै

15

(काठमाडौं) – नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न थप नयाँ भवन निर्माण गर्ने भएको छ । शुक्रबार एक कार्यक्रमका बीच “भूमिपूजन” तथा भवन निर्माणको शिलान्यास गरिएको छ । नयाँ भवनको निर्माण पश्चात नर्भिक २ शैय्याको अत्याधुनिक सुविधा सम्पन्न र पूर्वाधारयुक्त भवन सञ्चालनमा ल्याउन लागेको हो ।

हस्पिटलको प्रस्तावित नयाँ भवन चिकित्सा फाँटका तेस्रो पुस्ताको अति विशिष्ट प्रविधि र साधन–सुविधाले सुसज्जित हुने र विश्वस्तरीय स्वास्थ्य सेवा पु¥याउन आवश्यक पर्ने सवै आधुनिक साधन–सुविधा हरु जडित हुनेछ ।

नवीनतम् हस्पिटल भवन निर्माणार्थ भूमि पूजन तथा भवनको शिलान्यास एक विशेष समारोह बीच हस्पिटल परिसरमा हस्पिटलका अध्यक्ष वसन्त कुमार चौधरीले गरे । नयाँ भवनको प्रस्तावित निर्माण क्षेत्र १,५४,७७०.१ वर्गफिट हुने र भूमि/जग्गा बाहेक परियोजनाको जम्मा लागत दुई अर्ब हुने बताइएको छ । अत्याधुनिक नयाँ भवन निर्माण परियोजना आगामी तीन वर्षभित्र सम्पन्न भइसक्नेछ ।

नेपाली चिकित्सा फाँटमै नवीनतम् यस परियोजनाको डिजाइन नेपाली आर्किटेक्चर र परियोजना व्यवस्थापन कम्पनीहरु मध्येको अग्रणी कम्पनी–केज कन्सल्ट (प्रा.) लि. ले गरेको छ भने निर्माण हुने नवीनतम भवनको आन्तरीक साज–सज्जाका सम्पूर्ण कार्यहरु सिङ्गापुरको एक ख्याति प्राप्त कम्पनीले गर्नेछ ।

नेपाली स्वास्थ्य सेवाका फाँटमा नर्भिकको प्रवेश पश्चात स्तरीय स्वास्थ्य सेवाका लागि ठूलो धनराशी सहित विदेशिनुपर्ने नेपालीहरुको बाध्यतालाई न्यूनीकरण गर्न नर्भिकले ठूलो सहयोग पु¥याउँदै आएको छ ।
नेपाली चिकित्सा फाँटका धेरै विधामा अग्रणी हुँदै इतिहास रच्न कोशेढुङ्गा स्थापित गर्न सफल यस हस्पिटलको मुख्य उद्देश्यमा राष्ट्रकै उत्कृष्ट चिकित्सकीय विशेषज्ञहरु तथा अत्याधुनिक चिकित्सा प्रविधिहरुको संयोजन गर्दै विश्वस्तरिय स्वास्थ्य सेवा प्रदायक संस्था बन्नु रहेको जनाएको छ ।
नेपाली स्वास्थ्य सेवाका क्षेत्रमा आमूल परिवर्तन गर्दै राष्ट्रलाई आत्म–निर्भर र अग्रगामी बनाउन तथा राष्ट्रको वर्तमान र भविष्यको समेत आवश्यकताअनुसार यसलाई समय सापेक्ष, आधुनिकीकरण गर्दै, साधन–सम्पन्न तुल्याउँदै देशका सातै प्रदेशका मुख्य स्थानहरुमा बहुआयामिक एवम् अति विशिष्ट हस्पिटलहरुको सञ्जाल निर्माण गर्ने योजना रहेको जनाएको छ ।

समाचार वर्गहरू