नवनियुक्त कानूनमन्त्रीद्वारा पदभार ग्रहण

27

(काठमाडौं) – नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएपछि सिंहदरबारमा रहेको मन्त्रालयमा उनले आजैै पदभार ग्रहण गरेकी हुन् ।

पदबहालीका क्रममा मन्त्री तुम्बाहाङ्फेले संविधानले व्यवस्था गरेका मौलिक हक कार्यान्वयन गर्न आवश्यक पर्ने नियमावली आगामी चैत मसान्तभित्र मस्यौदा गरिसक्नेसम्बन्धी निर्णयमा हस्ताक्षर गरिन् । सो अवसरमा उनले कानून मन्त्रालयले स्थिरता प्राप्त गरेको प्रतिक्रिया दिईन ।

समाचार वर्गहरू