काठमाडौँ – नवनियुक्त प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पदभार ग्रहण गरेका छन्।
मंगलबार शितल निवासमा राष्ट्रपतिसमक्ष शपथ लिएपछि प्रधानन्यायाधीश शर्मा सर्वोच्च अदालत पुगेर पदभार ग्रहण गरेका हुन्।
यसअघि संसदीय सुनुवाई समितिले मंगलबार नै शर्माको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश पदमा नियुक्त गरेका थिए।
पदभार ग्रहणपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रधानन्यायाधीश शर्माले आफ्नो सर्वोच्च प्राथमिकता स्वतन्त्र न्यायापालिकाको मान्यता रहने बताए।
शर्माले न्यायपालिकाको संस्थागत स्वतन्त्रता, न्यायाधीशहरूको व्यावसायिक निष्पक्षता तथा न्याय सम्पदानको प्रक्रियामा कुनै प्रकारको हस्तक्षेप स्वीकार नगरिने बताए।