नवनिर्वाचित मेयरलाई तौल बराबरको लड्डुले स्वागत

10

काठमाडौं – बारा सदरमुकाम कलैया उपमहानगरपालिकाका नवनिर्वाचित मेयर विनोद साह, उपमेयर रौशन प्रवीणसहित १० नम्बर का वडाध्यक्ष मोहमद सबिरलाई समर्थकले उनीहरूको तौल बराबरको लड्डुले स्वागत गरेका छन् ।

शनिबार विजय र्‍याली गर्ने क्रममा वडा नम्बर १० मा पुगेका उनीहरूलाई स्थानीय महमद गजनी ठकुराईले जनप्रतिनिधिलाई काँटामा राखेर उनीहरूकै तौल बराबरको लड्डुले स्वागत गरेका हुन् ।

आफूलाई स्वतन्त्र बताउने ठकुराईले नवनिर्वाचित जनप्रतिनिधिले जातपात नहेरी काम गर्ने विश्वासमा लड्डु बाँडेको बताएका छन् ।

स्वागतपछि मेयर साहले स्थानीयले आफूमा धेरै भरोसा गरेकाले आफ्नो कार्यकालमा कुनै जात तथा समूह नहेरी नगरवासीको निम्ति कार्यगर्ने बताए ।

समाचार वर्गहरू