नवनिर्वाचित संसदिय समिति सभापतिहरूले लिए शपथ

75
तस्बिर- नेपाल फोटो लाइब्रेरी

काठमाडौं – संघीय संसद् अन्तर्गतका १२ वटा संसदीय समिति सभापतिले सपथ लिएका छन ।

शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भएको हो भने दुई वटामा समितीमा निर्वाचन भएको थियो ।

शुक्रबार सिंहदरबारस्थित लेखा समिति हलमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्।

सभामुखले समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै संसदीय प्रक्रियालाई अझ प्रभावकारी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए।

शपथ ग्रहण कार्यक्रममा सम्बन्धित समितिका सदस्यहरू तथा संसद् सचिवालयका अधिकारीहरूको उपस्थिति रहेको थियो।

संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाका १० वटा विषयगत समितिहरूको नेतृत्व चयन भएको थियो।

समाचार वर्गहरू