पूर्वराष्ट्रपति विद्या भण्डारीले गरिन् एमाले जनसंगठनसँग अलग्गै छलफल

89
फाइल फोटो

काठमाडौँ । राजनीतिक गतिविधिमा सक्रियता बढाएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार एमाले जनसंगठनका नेताहरुसँग छलफल गरेकी छन् ।

उनले असार १४ गते आयोजना गरिने मदन भण्डारी हिरक जयन्ती कसरी मनाउने ? भन्ने विषयमा केन्द्रित रहेर छलफल गरेको स्वकीय सचिव राजकुमार राईले बताए ।

एमालेको ११ औँ महाधिवेशनपूर्वको जिम्मेवारीमा जनसंगठन समन्वय गर्ने वर्तमान केन्द्रीय सचिव भानुभक्त ढकाल पनि उक्त छलफलमा सहभागी थिए । यद्यपि ढकाल ओलीनिकटका हुन् ।

नयाँ बानेश्वर, थापागाउँस्थित मदन भण्डारी फाउण्डेशनको कार्यालयमा उनले ती नेताहरुलाई बोलाएकी थिइन् । उनी फाउण्डेशनकी संरक्षक हुन् भने उक्त फाउण्डेशनकी अध्यक्ष उनकी छोरी उषाकिरण भण्डारी हुन् ।

समाचार वर्गहरू