नाई श्रमिकलाई खोपको व्यवस्था गर्न मुख्यमन्त्री पोखरेललाई आग्रह

9

पोखरा – नेपाल नाई संघले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेललाई भेटि नाई श्रमिकहरुलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन् ।

बुधबार संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरको नेतृत्वमा केन्द्रीय सदस्य भैरवलाल ठाकुर , गण्डकी प्रदेश अध्यक्ष आदेश ठाकुर, उपाध्यक्ष सन्तोष ठाकुर, कास्की जिल्ला अध्यक्ष विगुलाल ठाकुर , उपाध्यक्ष आनन्द ठाकुर लगायतका टोलिले मुख्यमन्त्री भेटि खोपको व्यवस्था गरिदिन आग्रह गरेको हो ।

अरु पेशामा जस्तो नाई पेशामा भौतिकदुरि कायम गर्न समेत गारो भएकोले तत्काल खोप उपलब्ध गराउन माग गरेको संघका वरिष्ठ उपाध्यक्ष लालबाबु ठाकुरले जानकारी दिए ।

कोरोना महामारीले सबै क्षेत्र प्रभावित भए पनि नाई पेशा अझ बढि प्रभावित भएकोले नाई श्रमिकहरुलाई समेत सम्बोधन गर्ने खालको बजेट एवं नीति तथा कार्यक्रम ल्याउनुपर्ने संघको माग रहेको छ ।

जवाफमा मुख्यमन्त्री पोखरेलले नाई श्रमिकहरुलाई पहिलो प्राथमिकतामा राखि खोपको व्यवस्थापन गर्ने आश्वासन दिएको गण्डकी प्रदेश अध्यक्ष आदेश ठाकुरले जानकारी दिए ।

समाचार वर्गहरू