नागरिकता विधेयक प्रमाणीकरण भएपछी वीरगन्जमा दीप प्रज्वलन

2

काठमाडौं – राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेको खुसियालीमा वीरगन्जको घण्टाघर चोकमा दीप प्रज्वलन गरिएको छ ।

जनता समाजवादी पार्टी (जसवा) नेपालका युवा(विद्यार्थी नेताहरुले बुधबार साँझ वीरगन्जमा दीप प्रज्वलन गरेका छन्।

जसपा निकट समाजवादी विद्यार्थी युनियन र समाजवादी युवा संघका नेता कार्यकर्ताहरुले वीरगन्जको घण्टाघर चोकमा बुधबार बेलुकी नागरिकता विधेयक प्रमाणीकरण भएकोमा दीप प्रज्वलन गरी खुसियाली मनाएका हुन्।

नागरिकता प्रमाणीकरण गर्ने राष्ट्रपति रामचन्द्र पौडेलको कदमको स्वागत गर्दै दीप प्रज्वलन गरी खुसियाली मनाइएको समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव निखिल वर्णवालले बताए।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू